Aaha Kalilo Tamalai

छातीमा मेरो यो छोटो भोटो

कम्मरमा खुर्पेटो सोध रामलाई

मनको धनी पाउनेमा छैनौ

मजस्तो कोही केटो सोध रामलाई

आहा मजस्तो कोही केटो सोध रामलाई

आहा मजस्तो कोही केटो सोध रामलाई

आहा मजस्तो कोही केटो सोध रामलाई

हलको गोरु जखामी भयो

सौतरै दाउनाले सोध रामलाई

रसको माया बिरसै भयो

यो केटो आउनाले सोध रामलाई

आहा यो केटो आउनाले सोध रामलाई

आहा यो केटो आउनाले सोध रामलाई

आहा यो केटो आउनाले सोध रामलाई

ढाकाटोपी शिरमा मेरो कम्मरमा पेटी

मन्छे हेर्दा केटाकेटी कुरा गर्छ्यौ जेठी

हामीजस्तो पाउँदा अरू हिंड्छन् मरीमेटी

भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी

हैन भने कलिलो तामालाई सोध रामलाई

आहा कलिलो तामालाई सोध रामलाई

आज मैले माछी है मार्यो

सिंउडीको बीषैले सोध रामलाई

बोलाउँदा पनि नबोली बस्ने

कहिलेको रीसैले सोध रामलाई

आहा कैलेको रीसैले सोध रामलाई

आहा कैलेको रीसैले सोध रामलाई

आहा कैलेको रीसैले सोध रामलाई

उल्लेरी उकाली कतीमा ठाडो

नबिसाई नहुने सोध रामलाई

हाँसखेल गर्दा लोकाचार पार्छौ

नरिसाई नहुने सोध रामलाई

आहा नरिसाई नहुने सोध रामलाई

आहा नरिसाई नहुने सोध रामलाई

आहा नरिसाई नहुने सोध रामलाई

मुखियाको आँगनमा फलामको साँचो

पन्ध्र पुगी सोह्र लागेँ

तिमीलाई केको खाँचो

एउटा गर्हो जोतिसक्यो अर्को चाहिं बाँझो

बुढेसकालामा गर्छ कुरो तरुनीको दाँजो

हैन भने कलिलो तामालाई सोध रामलाई

आहा कलिलो तामालाई सोध रामलाई

गोठालो दाइले भैंसीमा दुह्यो

खै मलाई कुराउनी सोध रामलाई

एउटालाई होइन दुईटालाई होइन

कतीलाई पुर्याउनी सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई

खोलीको भनो दर्शनै ढूङा

आगो चुलैमा सोध रामलाई

हितैको माया घरबारे रै

परेँ भुलैमा सोध रामलाई

आहा परेँ भुलैमा सोध रामलाई

आहा परेँ भुलैमा सोध रामलाई

आहा परेँ भुलैमा सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई

आहा परेँ भुलैमा सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई

आहा परेँ भुलैमा सोध रामलाई

आहा कतीलाई पुर्याउनी सोध रामलाई