सांसदको छोरो बिहा गर्न आ‘ थियो
पार्टी मिलेन भनेर गयो भागेर
पुरेतको छोटो बिहा गर्न आ‘ थियो
जाति मिलेन भनेर गयो भागेर
पण्डितको छोरो बिहा गर्न आ‘ थियो
मैले पाइन्ट ला‘को देखेर गयो भागेर
लाहुरेको छोरो “लभ गरौँ” भन्थ्यो
मैले भन्दिएँ आँट भए लैजाऊ मागेर
अम्रिकन लाहुरे “आइ लभ यु” भन्थ्यो
मैले केही पनि बुझेन, गयो भागेर
इन्डियन लाहुरे “प्यार बस्यो” भन्थ्यो
मैले केही पनि बुझेन, गयो भागेर
मास्टरको छोरो बिहा गर्न आ‘ थियो
मेरो पढाई कम भनेर गयो फर्केर
जिम्मालको छोरो बिहा गर्न आ‘ थियो
दाहिजो कम हुन्छ भनेर गयो भागेर
ज्योतिषको छोरो बिहा गर्न आ‘ थियो
चिना जुरेन भनेर गयो भागेर
वक्किलको एक्लो छोरो नि आ‘ थियो
छोरी धेरै छन् भनेर गयो भागेर
गहिराको गोरे बिहा गर्न आ‘ थियो
केटी काली छ भनेर गयो तर्केर
फिलिमको हिरो बिहा गर्न आ‘ थियो
मेरो हाँसो मन पारेन गयो फर्केर
हवल्दारको छोरो बिहा गर्न आ‘ थियो
केटी होची छ भनेर गयो भागेर
सुबेदारको छोरो मेरो मन खा‘ थियो
मेरो डन्डीफोर देखेर गयो भागेर
गीत गाउने गायक बिहा गर्न आ‘ थियो
मेरो स्वरै मन पारेन, गयो तर्केर
गीत लेख्ने गीतकार बिहा गर्न आ‘ थियो
मलाई हेरी गीत लेखेर गयो फर्केर
You must be logged in to post a comment.