शून्यताको पलमा कुरिबसें म
तिम्रो कल्पनामा डुबिबसें म
एकान्तमा सधैं थामिबसेछु
तिम्रो चाहानामा जलिरहन्छु म
सक्दिनँ अब म
मानेन मेरो मन
सक्दिनँ तिमीबिना
छोड्दिनँ तिम्रो याद
अल्झिबसेछु तिम्रो यादमा
भरिदेऊ न रित्तोपनलाई तिमीले
मलाई बुझाइदेऊ न तिम्रो रहस्य
तड्पिबसें अँध्यारो रातमा
सक्दिनँ अब म
मानेन मेरो मन
सक्दिनँ तिमीबिना
छोड्दिनँ तिम्रो याद
आँसुको यहाँ केही छैन अर्थ
व्यर्थ रहेछ तिम्रो मेरो कथा
तर किन मलाई लाग्छ तिम्रो आशा?
घट्दैन मेरो मनमा प्रेमको नसा
सक्दिनँ अब म
मानेन मेरो मन
सक्दिनँ तिमीबिना
छोड्दिनँ तिम्रो याद
You must be logged in to post a comment.