Aljhechha Kyaare

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा

आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की

तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती

सल्ला झैं आमासुसाई रहिन् एक्लै कोठामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा

भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा

त्यहि आँशु टिकापठाईदिऊँ कि सालको पातमा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला

क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला

दिनभरी कागकराई रह्यो बेलको ठुटामा