Malai Maya Garne – Roshan Gurung

Artist/Singer: Roshan Gurung (रोशन गुरुङ)
Album: Sukriti
Musician: Sundar Thapa
Lyricist: Krishna Thapa
Genre: Sentimental

Lyrics

मलाई माया गर्ने मेरी सानीलाई 
कहिल्यै दुख नपरोस्(आँखाबाट आँशु नझरोस्…)२ 

(आत्तिएर दुखमा कहिले एक्लै छोडिनौ 
मात्तिएर सुखमा वाचा बन्धन तोडिनौ )२ 
मलाई आफ्नै ठान्ने मेरी कालीलाई 
कहिल्यै दुख नपरोस्(आँखाबाट आँशु नझरोस्…)२ 

(हिमाल जस्तै सधैं तिमी अटल साथी बन्यौ 
जस्तै घामपानीमा पनि तिमी सत्तिस-साल बन्यौ )२ 
मलाई ज्यानै दिने मेरी सानीलाई 
कहिल्यै दुख नपरोस्(आँखाबाट आँशु नझरोस्…)२ 

(सदाबहार तिम्रो माया यसरी नै पाईरहे 
मेरो कोमल ह्रिदयमा सधै भरी छाईरहे )२ 
मलाई मरि मेट्ने मेरी कालीलाई 
कहिल्यै दुख नपरोस्(आँखाबाट आँशु नझरोस्…)२ 

मलाई माया गर्ने मेरी सानीलाई 
कहिल्यै दुख नपरोस्(आँखाबाट आँशु नझरोस्…)२

Advertisements