Yo Maya Pani Natak – Milan Amatya and Arjun Adhikari

Artist/Singer: Milan Amatya and Arjun Adhikari (मिलन अमात्य र अर्जुन अधिकारी)
Album: NATAK
Genre: Pop

Lyrics

यो माया पनि नाटक… 
यो माया पनि नाटक यो दिल पनि नाटक 
यो हाँसो पनि नाटक यो आँशु पनि नाटक 
धोखा दिने मान्छेको त आत्मै पनि नाटक 
यो माया पनि नाटक… 

(केलाई मिलन भन्नु अब केलाई बिछोड भन्नु 
केलाई माला भन्नु अब केलाई पासो भन्नु )२ 
यो फूल पनि नाटक यो धागो पनि नाटक 
यो बाटो पनि नाटक यो गल्लि पनि नाटक 
धोखा दिने मान्छेको त आत्मै पनि नाटक 
यो माया पनि नाटक… 

(केलाई बन्धन भन्नु केलाई साइनो भन्नु 
जन्म जन्मसम्म चल्ने केलाई नाता भन्नु )२ 
यो थाली पनि नाटक यो पूजा पनि नाटक 
यो बाचा पनि नाटक यो देउता पनि नाटक 
धोखा दिने मान्छेको त आत्मै पनि नाटक 
यो माया पनि नाटक… 

यो माया पनि नाटक… 
यो माया पनि नाटक यो दिल पनि नाटक 
यो हाँसो पनि नाटक यो आँशु पनि नाटक 
धोखा दिने मान्छेको त आत्मै पनि नाटक 
यो माया पनि नाटक…

Music Video 

Advertisements