Jaau Ki Na Jaau – Indira Joshi Featuring Kutumba

Artist/Singer: Indira Joshi (इन्दिरा जोशी)
Musician: Indira Joshi
Lyricist: Indira Joshi
Genre: Sentimental

Lyrics

आमाको गहना बेचि बाबाले जोगाको सम्पत्ति
सबै सुम्पि सबै खर्चि
[(जाऊँ कि नजाऊँ )२
पाउँदिन जवाफ ]२
(हातमा छ भिसा )२
मनमा छ नेपाल
(जाऊँ कि नजाऊँ )२
पाउदिन जवाफ
हातमा भिसा मनमा छ नेपाल…

देशले मलाई चिन्न नखोजेको हो कि
देशलाई मैले दिन नजानेको हो कि
डर लाग्छ भविश्यसँग
बढ्दो महंगी बढ्दो आवश्यकता
(जाऊँ कि नजाऊँ )२
सोच्छु बारम्बार
(सक्दिन कि पाल्न )२
भोली परिवार

कस्तो समय आयो कस्तो अनौठो लहर
जो देख्यो उसैको बिदेशिने रहर
आफै माथि लाग्दैन भरोसा
होला नहोला गोजीमा पैसा
(जाऊँ कि नजाऊँ )२
कतै छ कि आश
(जुगार्नु पर्ने हुन्छ)२
गाँस बास र कपास
(जाऊँ कि नजाऊँ )२
पाउदिन जवाफ हातमा छ भिसा
मनमा छ नेपाल
जाऊँ कि नजाऊँ…

Video 

Advertisements