Chup Chap – Sanup Poudel

Artist/Singer: Sanup Poudel (सनुप पौडेल)

Movie: Maun

Lyricist: Bhupendra Khadka

Genre: Movie, Sentimental

Lyrics

एक्लो मानुस थिएँ म
शून्यता थियो यो जीवनमा
संसार परिवर्तन भयो
जब तिमी आयौ जीवनमा
खुशि बाँडी हाँस्न सिकायौ
संसार बुझाई जिउन सिकायौ
आज न तिमीलाई बोलाउन सक्छु म
न तिमी सुन्न नै सक्छौ
(सबै कुरा यहाँ चुपचाप छन्
अनि मौन छन्…)२

एउटा घाम ओर्लिएको थियो
मेरो जीवनको बिहानीमा
सुत्रधार बन्दै थियौ तिमी
मेरो जीवनको कहानीमा
धाजा फाटेको धर्ती भयो
बिउ रोपेको मन पनि
निल्नु न ओकल्नु भयो
श्वासको एक सर्को पनि
(सबै कुरा यहाँ चुपचाप छन्
अनि मौन छन्…)२

Advertisements