Bolau Bhane Timilai – Badri Durga Kharel

Artist/Singer: Badri Durga Kharel
Genre: Pop

Lyrics

[बोलाउँ भने तिमीलाई बात लाग्ने डर
(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२]२

(आँखा भरी तिम्रो माया मुटु भरी माया
जता हेर्‍यो त्यतै देख्छु तिम्रै तिम्रै माया )२
कहाँ राखुँ कता सजाँउ यति धेरै माया
गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया

बोलाउँ भने तिमीलाई बात लाग्ने डर
(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )२

(शीतको थोपा जूनको किरण तिम्रै धेर माया
फूलको रुप दिलको मुर्ति तिम्रै मात्र माया )२
कति चोखो कति मिठो तिम्रै सारा माया
माला गाँसी लगाई रहुँ कि तिम्रा सबै माया

बोलाउँ भने तिमीलाई बात लाग्ने डर
(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर )३

Advertisements