Euta Mitho Sapana – Nilanjana

Artist/Singer: Nilanjana

Album: Only Love

Genre: Pop

Lyrics

(एउटा मिठो सपना देखें सुनाई हालुँ कि )२
नभनेर कि त मनैमा लुकाएरै राखुँ कि
एउटा मिठो सपना देखें (सुनाई हालुँ कि…)२

(वर्षौ देखि तिमीलाई नै पर्खेछु कि जस्तो लाग्छ )२
पहिलो भेट मै मनको बाँध फुट्यो कि नै जस्तो लाग्छ

साइनो कै डाली टेकी आई हालुँ कि
नभनेर कि मनैमा लुकाएरै राखुँ कि
एउटा मिठो सपना देखें (सुनाई हालुँ कि…)२

(तानिएरै तिम्रो दैलोमा आई पुगें जस्तो लाग्छ )२
कति चाँडै मुटु पनि साटियो कि जस्तो लाग्छ
(यसैबेला दिलको कुरा फुकाई हालुँ कि )२
नभनेर कि मनैमा लुकाएरै राखुँ कि
एउटा मिठो सपना देखें (सुनाई हालुँ कि…)२

Advertisements