Neta Ji – Joint Family International

Artist/Singer: Joint Family International
Genre: Pop

Lyrics

(ओहो नेता जी बल्ल पाल्नु भो
भुँडी हल्लाउँदै सत्ता धाल्नु भो )२
हात उठाउँदै गफ लडाउँनु भो
सोजा जनतालाई झुक्याउँनु भो
नेता जी…
हाम्रो नेता जी…

(के हो नेता जी भाषण दरो हान्नु भो
नलेखी संविधान पर सार्नु भो )२
आफ्नो जीवनकालमा के गर्नु भो
पैसै पैसाले घर भर्नु भो
(नेता जी…
हाम्रो नेता जी…)२

सल्लाह मात्रै गर्छन् हल्ला मात्रै गर्छन्
काम गर्न छोडेर आफैं आफैं लड्छन
नेता जी…
हाम्रो नेता जी…

(नमस्ते नेता जी आसन ग्रहण गर्नुहोस्
उपस्थित सबैलाई सम्बोधन गर्नुहोस् )२
बिचार गरेर मुख खोल्नुहोस्
घाँटि हेरेर हाड निल्नुहोस्
नेता जी…
हाम्रो नेता जी…

(थुक्क नेता जी इज्जत आफ्नो फाल्नु भो
मुसुक्क हाँसेर लाज पचाउँनु भो )२
आफ्नो स्वार्थलाई पुरा गर्नु भो
सारा नेपालीको नाक काट्नु भो
नेता जी…
हाम्रो नेता जी…

सल्लाह मात्र गर्छन् हल्ला मात्र गर्छन्
काम गर्न छोडेर आफैं आफैं लड्छन्
(नेता जी…
हाम्रो नेता जी…)२

Advertisements