Audhi Maya Gare – Utsav Nepal

Artist/Singer: Utsav Nepal
Musician: Kalyan Singh
Lyricist: Anil Stapit
Genre: Pop, Sentimental

Lyrics

(औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले
जितेको बाजी हारी रहें
थाहै पाएनौ तिमीले…)२

सुनाउन नसके के भो र
प्रितका गीत छन् मनमा कति कति
भन्न नसके के भो र
मायाका शब्द छन् मनमा कति कति…
औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले…

तिमीले भन्दा तिमीलाई धेरै माया गर्ने
यो धर्तीमा म बाहेक छैन अरु कोहि
लोभी नजरले हेर्‍यो भने अरुले तिमीलाई
डाहले छट्पटिने म बाहेक छैन अरु कोहि
औधी माया गरें कि मैले
त्यसैले कदर गरिनौ तिमीले
जितेको बाजी हारी रहें
थाहै पाएनौ तिमीले…

Advertisements