Baato Yatauti – Sishir Yogi

 

Artist/Singer: Sishir Yogi (शिशिर योगी)
Musician: Sushil B.K.
Lyricist: Shekhar Dhungel
Genre: Sentimental

Lyrics

(बाटो यताउती कतै फुलेको म फूल )२
(फूलिदिएँ दुनियामा के गरें र भूल )२
बाटो यताउती कतै फुलेको म फूल…

(मन्दिरमा लग चाहे टिपी त्यसै फाल
संसारमा छैन कोहि सोध्ने मेरो हाल )२
कोपिलामै टिपे हुन्छ कि उखेले हुन्छ
मेरो पिडा म नै भित्र कसले यहाँ सुन्छ
बाटो यताउती कतै फुलेको म फूल…

(बगैंचामा लाग्छ यहाँ फूलको पनि बाली
तिनको हेरचाह गर्ने हुन्छ एउटा माली )२
म त बेबारिसे फूल कोही आफ्नो छैन
जति चोट थापे पनि कठै भन्ने छैन

(बाटो यताउती कतै फुलेको म फूल )२
(फूलिदिएँ दुनियामा के गरें र भूल )२
बाटो यताउती कतै फुलेको म फूल…

Advertisements