Imaan Bechhau – Nabin K Bhattarai

Artist/Singer: Nabin K Bhattarai (नबिन के भट्टराई)
Album: Nakshetrah
Genre: Pop

Lyrics

(ईमान बेच्छौं धर्म तोड्छौं
आफू बीचमा लडाई लड्छौं
जीउनलाई….)२

सबै पाईन्छ दुनियाँमा
आमा र माया पाईन्न नि
सास हुन्जेल आश हुन्छ
मर्न कोहि चाहन्न नि
(बाँच्नलाई…)२

काडाँ बिज्दा मनै दुखोस्
भोकालाई छाकै टरोस्
शान्तिलाई
मनको शान्तिलाई

दौलतको मोल छ तर यहाँ
किनेर खुशी पाइन्न नि
अरुलाई जिउँदै मारेर फेरी
आफुमा सुख छाउन्न नि
(मृत्युलाई…)२

ईमान बेच्छौं धर्म तोड्छौं
आफू बीचमा लडाई लड्छौं (जीउनलाई )३
(जीउनलाई…..)२

Advertisements