Timi Merai Lagi – Sugam Pokhrel

Artist/Singer: Sugam Pokhrel (सुगम पोख्रेल)
Movie: Maun
Genre: Movie

Lyrics

 

किन किन आज यसरी
नौलो लाग्यो संसार तिमीलाई भेटेपछि
पहिले कहिल्यै यस्तो मलाई भएकै थिएन
उसलाई जब भेटें मन यो बसमै रहेन…
उसैसंगै हाँसौ अनि भेटि रहुँ झैं लाग्छ
सायद पहिलो प्रेमको प्रभाव यस्तै नै हुन्छ
ओ ओ ओ ऊ मेरै लागि बनेकै हो
ओ ओ ओ ओ ओ मेरै लागि बनेकै हो
ओ ओ ओ ऊ मेरै लागि बनेकै हो….

(स्वर्गै लाग्छ उसको मुहार त्यसैमा हराउँला
उसको रूपको ज्योतीले प्रेमदिप जलाउँला )२
क्यान्टिनमा कफी पिउनसँगै जाउँला हामी
अनि पोखौंला मनको भावना उसलाई साचेँ जति
ओ ओ ओ ऊ मेरै लागि बनेकै हो
ओ ओ ओ ओ ओ मेरै लागि बनेकै हो
ओ ओ ओ ऊ मेरै लागि बनेकै हो……

Advertisements