Yeutai Ghaam – Sugam Pokhrel

Artist/Singer: Sugam Pokhrel (सुगम पोख्रेल)
Album: Sugam Song गीत
Genre: Pop

Video

Lyrics

(एउटै घाम भए पुग्छ
यो सुन्दर संसारमा
एउटै माया धेरै हुन्छ
चोखो जिन्दगीमा) २
(एउटै दियो जले पुग्छ) २
मनको अँधेरिमा

(मान्छे किन मान्छे सँगै
बैरी बनी जिउनु) २
कत्ती कत्ती गार्हो हुन्छ
फाटेको मन सिउनु
(एउटै मुस्कान धेरै हुन्छ
खुशी साट्नलाई) २
(एउटै फुल भए पुग्छ) २
जीवन बाट्नलाई

(चिता जब जल्छ मनको
घाउ पनि सुक्छ) २
मर्ने छोडी जान्छ
कठै बाँच्नेलाई नै दुख्छ
एकै थोपा आँसु धेर छ
जीवन बुझ्नलाई
(एउटै रुमाल भए पुग्छ) २
आँसु पुछ्नलाई

Advertisements