Dherai Dherai Maya – Bidhan Shrestha

Artist/Singer: Bidhan Shrestha (बिधान श्रेष्ठ)
Genre: Pop, Romantic Love

(धेरै धेरै माया)—in bg

धेरै धेरै माया तिमीलाई
हृदय भरीको माया तिमीलाई
दिन्छु………
अनमोल प्रीति तिमीलाई
निस्वार्थ प्रेम तिमीलाई
गर्छु………

प्राण जान्छ शरिर मेटिन्छ
तर आत्मा मर्दैन
तेहि आत्मामा बसेको छौ हे
तिमी कहिले हराउने छैनौ
जाहाँ जहिले जन्म लिन्छौ
तिम्रै निम्ति जन्मिन्छु म
हरेक् जुनिमा तिम्रो नै
प्रेमी बनी पच्छ्याउँछु म

धेरै धेरै याद तिम्रो नै
मन भरी एउटै याद तिम्रो नै
आउँछ………
सपना बिपना भरी तिमी नै
कल्पना भरी drisya तिम्रो नै
छाउँछ………

(धेरै धेरै माया)—in bg

छायाँ होइन मेरो यो माया
अन्ध्यारोमा साथ छोड्ने
बादल होइन मेरो यो माया
आकार फेरि उडि हिड्ने
जाहाँ जहिले बोलाउनेछौ
तिम्रै निम्ति आउनेछु म
हरेक परिस्थितिमा संधै
तिमीलाई साथ दिनेछु म

धेरै धेरै माया तिमीलाई
हृदय भरीको माया तिमीलाई
दिन्छु………

(धेरै धेरै माया)—in bg

हिमाल झै अटल
आकाश झै फराकिलो मन मेरो
तेहि मन मा बसेको छौ हे
सागर भन्दा धेरै गहिरो
जाहाँ जहिले बोलाउनेछौ
तिम्रै निम्ति आउनेछु म
हरेक जुनिमा तिम्रो नै
प्रेमी बनी पच्छ्याउँछु म

(धेरै धेरै माया)—in bg

Advertisements