mero saas hau – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Album: Samishya
Genre: Pop

Lyrics

(मेरो सास हौ तिमी मेरो धड्कन हौ तिमी
मेरो प्राण हौ तिमी मेरो जीवन हौ तिमी )२
(म हाँस्न सक्दिन तिमी बिना
म बाँच्न सक्दिन तिमी बिना )२
मेरो सास हौ तिमी मेरो धड्कन हौ तिमी
मेरो प्राण हौ तिमी मेरो जीवन हौ तिमी…

(तिम्रै तस्बिर कोरेकी छु मेरो मुटु भरी
तिमी मात्रै घुम्छौ सधै आँखा वरिपरि )२
(तिम्रै नाममा धड्किन्छ ढुकढुकीहरु )२
(तिमीबाहेक विकल्प कोहि छैन अरु )२
मेरो सास हौ तिमी मेरो धड्कन हौ तिमी
मेरो प्राण हौ तिमी मेरो जीवन हौ तिमी…

(हरेक पल तिमीलाई नै खोज्छ मेरो मन
तिमीसंगै जुनी काट्ने सपनाहरु छन् )२
(मेरो सपना सिसा सरि फुट्छ भने त )२
(बरु मर्छु तिम्रो साथ छुट्छ भने त )२
मेरो सास हौ तिमी मेरो धड्कन हौ तिमी
मेरो प्राण हौ तिमी मेरो जीवन हौ तिमी…

Advertisements