mana milne manchhe – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Album: Aashaya
Genre: Pop

Video

Lyrics

(मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले
तिर्खा लागे प्यास कतै मेट्यौ कि तिमीले)२
(मैले भने तिमीलाई भुल्नै सकिन )२
(तिमी बाहेक अरुसङ्ग खुल्नै सकिन))२

(नजानेरै तिम्रो चित्त दुखाएँ कि मैले
तिमीसङ्ग कुनै कुरा लुकाएँ कि मैले)२
(रिसै उठे आँखा तिम्ले तरे पनि हुन्थ्यो)२
आफ्नै ठानि जती गाली गरे पनि हुन्थ्यो…

मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले
तिर्खा लागे प्यास कतै मेट्यौ कि तिमीले
मैले भने तिमीलाई भुल्नै सकिन
(तिमी बाहेक अरुसङ्ग खुल्नै सकिन…)२

(सङ्गै हिँड्दा कतै खुट्टा लाग्यो कि तिमीलाई
मैले बोल्दा मनमा ठेस् पुग्यो कि तिमीलाई)२
(चित्त दुखे मन खोलेर माझे पनि हुन्थ्यो)२
गल्ति भए मुख फोरेरै बाझे पनि हुन्थ्यो…

मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले
तिर्खा लागे प्यास कतै मेट्यौ कि तिमीले
मैले भने तिमीलाई भुल्नै सकिन
(तिमी बाहेक अरुसङ्ग खुल्नै सकिन…)२

Advertisements