kina ho kina – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Album: Illusions
Genre: Pop

Video

Lyrics

किन हो किन हर पल हर क्षण
तिम्रै यादले तड्पाउँछ मन
वरिपरी आँखा भरि
आउँछौ किन कस्तो लगन
मायाले हो कि सायद बुझ्नै सकिन
यो मन….
(यो माया नै हो भने
सुसाउन देउ मलाई
तिम्रो त्यो शीतल मनमा )२

आकाश हेरें बादलै छोउँ लाग्छ
संसारलाई अंगाली हराउँ झै लाग्छ
तर तिम्रो साथ एकै पल पनि
मेरो जीवनको सारा खुशी
किन हो किन हर पल हर क्षण
तिम्रै यादले तड्पाउँछ मन….

म प्यासी तिमी एक बग्ने नदी
यो मन सुम्पिन्छु दैवलाई साक्षी राखी
तर तिम्रो साथ एकै पल पनि
मेरो जीवनको सारा खुशी
किन हो किन हर पल हर क्षण
तिम्रै यादले तड्पाउँछ मन….
वरिपरी आँखा भरि
आउँछौ कस्तो लगन
मायाले हो कि सायद बुझ्नै सकिन
यो मन….
(यो माया नै हो भने
सुसाउन देउ मलाई
तिम्रो त्यो शीतल मनमा…)२

 

Advertisements