naramro sapana – nepathya

Artist/Singer: Nepathya (नेपथ्य)
Genre: Pop

Lyrics

नराम्रो सपना देखेथे
राती केहि भो कि तिमीलाई
म भित्र भित्रै पग्लेको थिए
जलाई आफुलाई, जलाई आफुलाई
नराम्रो सपना देखेथे

सुनिन्न छिट्टै टाढाको खबर
पहाडले छेक्दछ
बुझिन्न भाका बतासको पनि
झन अत्यास लाग्दछ
नजिकै भए आएर छेउ
केहि सोध्न मिल्दथ्यो
आँखामा होला आँसुका धारा
पुछ्न मिल्दथ्यो
नराम्रो सपना देखेथे

ओइलिन नदेउ मन को फुल
ओइलिए पाप लाग्छ
बर्सिन नदेउ आँखाक मोति
बर्सिए स्राप लाग्छ
बालेर राख सदैब दियो
कुनै दिन आँउला म
साँचेर राख मुटुको धड्कन
जिन्दगी दिउँला म

Advertisements