tadhako sathi – shiva pariyar

Artist/Singer: Shiva Pariyar (शिव परियार)
Album: Tadhako sathi
Genre: Pop

Video

Lyrics

(टाढाको साथी काँडाको बाटो भिरैले छेकेको
मनमा माया सुन्तली हजुर मनैले रोजेको…)२

(के छ र यहाँ एक्लो यो जीवन सम्झना लुकाउँदा
मनको प्यास बगरको माझ भेलले छाड्दिदाँ )२
लाग्दैन मलाई एक्लोमा हुदाँ रमाइलो संसार
भेटिन्छ हजार सुखको साथी पाइन्न पियार
टाढाको साथी काँडाको बाटो भिरैले छेकेको
मनमा माया सुन्तली हजुर मनैले रोजेको…

(फूलको बाटो हिंड्नलाई खोजे काँडाले बिझायो
मनमा माया लुकाइ हिडें मनैले रुवायो )२
सम्झन्छु सधैं केटा केटी हुदाँ खेलेको आँगन
सुन्तली हजुर दुलही बनि भात खाऊँ भन न
बिर्सेको छैन माटैको भात माटैको तिउन
साथीभाई मिली खेलेको हिजै भुलेँ कि नठान
(टाढाको साथी काँडाको बाटो भिरैले छेकेको
मनमा माया सुन्तली हजुर मनैले रोजेको…)२

 

Advertisements