malai nabheta hai – sugam pokhrel

Artist/Singer: Sugam Pokhrel (सुगम पोख्रेल)
Genre: Pop

Lyrics

मलाई नभेट है
म त पात झरेको
हाँगा झै भएछु
मलाई नसम्झ है
म त डुब्न लागेको
घाम झै भएछु
मलाई नभेट है

के भएको के हुने हो
सबै कुरा बुझिसके
मनले गरे धोका पाए
माया यस्तै रहेछ सोचे
हिजो पनि तिमी थिएनौ
भोली पनि कुन्नि
एकदिन को माया दियौ
छोडी गयौ उडि

मलाई नभेट है
म त पात झरेको
हाँगा झै भएछु
मलाई नसम्झ है

कसै गरी अब तिमी
मलाई नखोज्नु है
मैले भन्दा माया गर्ने
राम्रो मान्छे रोज्नु है
हिजो पनि तिमी थिएनौ
भोली पनि कुन्नि
एकदिन को माया दियौ
छोडी गयौ उडि

मलाई नभेट है
म त पात झरेको
हाँगा झै भएछु
मलाई नसम्झ है

Advertisements