antim aash – shruti singh feat alish karki

Artist/Singer: Shruti Singh feat Alish Karki
Album: Shruti
Genre: Pop

Lyrics

(दैवले बीचैमा बिछोड गरे
अर्को जनम छ नि मरे)२
आत्मा धेरै टाढा सरे
दुई मुटु सङ्गै भई रहने
(अन्तिम आश मेरो साहसको
तिमीलाई हेर्ने जिउँदो लाशको )२
झरे टिपुँला, टुटे जोडुँला
दुखे सहुँला, परे (मरुँला…)२

(तिमी र मैले बिताएका पल
सम्झेर आँशु झर्छ झन )२
टाढा हुदाँ निस्सासियो मेरो तन
पुजा गरि सजाउँनेछु तिम्रै मन…

(मेरो मनमा तिम्रो बास छ
फेरि भेट हुने भन्ने आश छ)२
तिम्रो सुखमा मेरो खुसी छ
तिमीलाई सम्झेर मन (पोल्दछ…)२

आज एक्कासी बदली गयौ तिमी
गयौ माया कराली
वाचा सबै तोडी गयौ
बनायौ कहानी
(जति नजिक भए नि )२
आखिर छुटिनु (रहेछ…)२

(दैवले बीचैमा बिछोड गरे
अर्को जनम छ नि मरे)२
आत्मा धेरै टाढा सरे
दुई मुटु सङ्गै भई रहने…

Advertisements