eklo thiyo yo mero man – nima rumba

Artist/Singer: Nima Rumba (निमा रुम्बा)
Album: Pride
Genre: Pop

Lyrics

एक्लो थियो यो मेरो मन
निरश थियो यो जीवन
आयौ तिमी कुन मोडमा
हात मेरो समाउन
उराठ मेरो संसारमा
बहार बनि छाउन
(आयौ तिमी गीत बनि…)२

(माया के हो मलाई चिनायौ
सपनाहरु देखायौ )२
हाँस्न तिमीले नै सिकायौ
जिउनुको अर्थ दिलायौ
स्वर्ग नै पाएँ तिम्रो छातीमा
चाहिन्न अब केहि जीवनमा
(अरु केहि तिमी बिना…)२

जीवनको आधार तिमी नै हौ
लक्ष्य पनि तिमी नै
सातौं जन्म तिमीलाई सुम्पि सकें
मेरो सृष्टिको कारण तिमी नै
तिमी छौ त्यसैले म छु
चाहिन्न केहि तिमी बिना
आयौ तिमी गीत बनि…….

Advertisements