after laughter comes tears – mc flo

Artist/Singer: Mc Flo
Musician: Mc Flo
Lyricist: Mc Flo
Genre: Pop, Rap

Lyrics

He was an average boy
त हामी जस्तो 5 feet 5 height,
Body अलि दुब्लो काले काले मान्छे
भित्र गढेको थियो गाला
लामो कपाल पालेको
मुख नै ढाकिदिन्थ्यो आधा
मान्छे राम्रो थियो तर रीस बढी उठ्ने
खाको तालमा हो भने जोसँग नि भिड्ने
त्यस्को घरमा जादा मज्जाले खाजा खुवाउथियो
गितार बजाउथ्यो अनि हामीलाई सुनाउथ्यो
कोठा भरी पोस्टर मेटल अनि रकको
ACDC मेटालिका अनि अरु सबको
गीत पनि त्यस्तै त्यस्तै नै सुन्दै बस्थ्यो
पछिल्लो पल्ट भेट्दा ब्याण्ड खोल्छु भन्थ्यो
ब्याण्ड पनि खोलेछ, निकै राम्रो गरेछ
तर केहि हुनु अघी ड्रग्समा उ फसेछ
नेपालको बेस्ट गितारइस्ट बन्ने लक्ष्य रे
अब सक्दैन, रिह्याबमा उ बस्छ रे

(After laughter comes tears) 3

She was very pretty, उ एकदम राम्री थि
राम्रो बानी राम्रो looks ज्ञानी नानी थि
हिउ जस्तो गोरी तर अलि होची होची
बाटुलो अनुहार निकै राम्री थि मोरि
नशालु उस्को आँखा गुलाबी थियो ओठ
सबै कुरा perfect पढाई पनि राम्रो
तर हाम्रो नानी बिग्रिछे, चुरोट खान सिकिछे
कतै नजाने मान्छे, राती राती निक्लिन्छे
बाउ सँग झर्किन्छे, आमासँग सन्किन्छे
क्लब जान्छे नँया नँया केटासँग सल्किन्छे
किन यस्तो गर्या भन्दा मेरो life हो रे
यही हो उमेर उस्को रमाइलो गर्नु पर्ने
हिजो आज उस्लाई सधै झ्याप हुनु पर्छ
उस्को लुगा हेर्दा हाम्ले जिब्रो टोक्नु पर्छ
कस्तो मान्छे कस्तो भो उस्को फोन छिन छिनमा बज्छ
फरक यती मात्र भो उसलाई सबले भालु भन्छ

(After laughter comes tears) 3

Advertisements