Artist/Singer: | Deepak Limbu (दीपक लिम्बु) |
Album: | charcha gazal ko |
Genre: | Pop |
Lyrics
[(तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ )२
(दुनियाँको कामै यहि हो )२ जति जल्छन् जल्न देऊ ]२
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ…
(चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो )४
(ओईलाउनु हुन्न प्रिय फुले पछि फल्न देऊ )२
(दुनियाँको कामै यहि हो )२ जति जल्छन् जल्न देऊ
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ…
(माया गर्नु गल्ति होइन के भो सबले थाहा पाए )४
नमुना होस् हाम्रो माया अध्याँरोमा बल्न देऊ
(दुनियाँको कामै यहि हो )२ जति जल्छन् जल्न देऊ
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ…