phool jastai pabitra – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Album: Taranga
Genre: Pop

Lyrics

(फूल जस्तै पबित्र थियो मेरो मन पनि )२
(तिम्रो छेउमा झरेको थिएँ टिप्छौ कि त भनि )२
(कुल्चिएर गयौ बरु )२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि)२
फूल जस्तै पबित्र थियो मेरो मन पनि …

(पानी जस्तै सङ्ग्लो थियो मेरो मन पनि
तिम्रै छेउमा ताल बनि पौडिन्छौ कि भनि)२
(फड्को मारी गयौ बरु)२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरी )२
फूल जस्तै पबित्र थियो मेरो मन पनि …

(सधैं मिठो बोली रहें तिम्रो मन दुख्ला भनि
तिम्रै छेउमा पग्लि रहें नौनी जस्तै बनि )२
(उल्टै यो मन दुखाई दियौ)२
नजाने झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनि भरी)२

(फूल जस्तै पबित्र थियो मेरो मन पनि …)२
(तिम्रो छेउ झरेको थिएँ टिप्छौ कि त भनि
(कुल्चिएर गयौ बरु )२
नदेखे झैं गरी
(यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि)२
फूल जस्तै पबित्र थियो मेरो मन पनि …

Advertisements