khayeka ti bacha kasam – deepak limbu, anju panta

Artist/Singer: Deepak Limbu and Anju Panta (दीपक लिम्बु र अन्जु पन्त)
Album: Niharika
Genre: Pop

Lyrics

खाएका ती बाचा कसम माया कहिल्यै नबिर्सनु है ल
जति टाढा भए पनि म माया नमार्नु है ल
खाएका ती बाचा कसम माया कहिल्यै नबिर्सनु है ल

(कलिलो मायालाई मुटु भित्र साँच्नु )२
पल पल ढुकढुकिमै समेटेरै राख्नु
ह्रिदयको कुनै कुनामा माया साँची मलाई राख्नु ल
जति टाढा भए पनि म माया नमार्नु है ल
खाएका ती बाचा कसम माया कहिल्यै नबिर्सनु है ल

(माने कि मायामा छुट्टिनु पर्दा )२
जीवन जले सरी हुन्छ बियोगमा पर्दा
बाधाहरु जति भए नि माया हाँसी हाँसी सहुँला है ल
संगैसंगै बाँचुला है माया संगसंगै मरुँला है ल
खाएका ती बाचा कसम माया कहिल्यै नबिर्सनु है ल

Advertisements