Artist/Singer: | Deepak Limbu (दीपक लिम्बु) |
Genre: | Pop |
Lyrics
(तिमीलाई सन्चो छैन भन्ने
खबर पाए मैले) २
(भेट्न आउन मन त लाग्छ
बाटै छैन अहिले) २
(मेरै साथमा हुन्थ्यौ भने
मैले ख्याल गर्थे होला
दुख पर्दा टाढा नगई
झनै नजिक सर्थे होला) २
तिम्रो मान्छे अप्ठेरोमा
टाढिन्छ रे जहिले
(भेट्न आउन मन त लाग्छ
बाटै छैन अहिले) २
(आफ्नै हातले तताएर
पानी दिन पाए पनि
मन त बुझ्ने थियो होला
तिमीले नखाए पनि) २
ओखती नि कर गरेर
खुवाउने गर्थे पहिले
(भेट्न आउन मन त लाग्छ
बाटै छैन अहिले) २
तिमीलाई सन्चो छैन भन्ने
खबर पाए मैले
(भेट्न आउन मन त लाग्छ
बाटै छैन अहिले) २