sisa sari mero jeevan – deepak limbu

Artist/Singer: Deepak Limbu (दीपक लिम्बु)
Genre: Pop

Lyrics

सिसा सरी मेरो जीवन चर्किएर फुटे पनि
तिमीसँग मेरो साथ सधैलाई छुटे पनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनि

आँसु मेरो तर्किदिदा एक्लाई रुन्छु रात दिन
हाँसो खुशी तिमीलाई दाइजो दुख राख्छु आफै सित
जलेर आफै भए पनि तिमीलाई ज्योती छर्न पाउ
छातिमा टास्न नपाए पनि टाढैबाट हेर्न पाउ
शीत सरी मेरो जीवन घाम पर्दा सुके पनि
तिमीलाई आफ्नो बनाउन सधै लाई चुके पनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनि

झस्किरहन्छु हिजो आज आफ्नै छाया देख्दा खेरि
मेरो होईनउ जानी सके तिम्रै माया लाग्छ फेरि
तिमीलाई न्यानो हुन्छ भने सारा जीवन बाली दिन्छु
तिमी युगौ युग बाँच्छौ भने मुटु चुडेर फाली दिन्छु
सिसा सरी मेरो जीवन चर्किएर फुटे पनि
तिमीसँग मेरो साथ सधैलाई छुटे पनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनि
अन्तिम सास छुटोस मेरो तिम्रै नाम भनी भनी

Advertisements