Gayeu Timi Hami – Nisha Deshar

Artist/Singer: Nisha Deshar (निशा देशार)
Musician: Hari Lamsal
Lyricist: Sagar “Udash”
Genre: Sentimental

Lyrics

(गयौ तिमी हामी बिचको नाता टुटाएर
मलाई रुवाई पराईसँग साईत जुराएर )२
साईत जुराएर नाता टुटाएर…
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर…
गयौ तिमी हामी बिचको नाता टुटाएर…

(तोड्नु रहेछ आखिर नाता साइनो किन जोड्यौ )२
जिन्दगीको जटिल मोडमा (आज एक्लै छोड्यौ )२
आउँछु भनि जीवनभरलाई गयौ कुराएर
गयौ कुराएर नाता टुटाएर…
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर…
गयौ तिमी हामी बिचको नाता टुटाएर…

(आउनु तिमी पिताम्बरले बेरिएको हेर्न )२
मलामीले मेरो चिता (घेरिएको हेर्न )२
रम्नु तिमी पराईसँगै धोको पुर्‍याएर…
धोको पुर्‍याएर नाता टुटाएर…
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर…
(गयौ तिमी हामी बिचको नाता टुटाएर…

Advertisements