Bhetiyera – Karna Das

Artist/Singer: Karna Das (कर्ण दाश)
Album: Aadha Sapna
Genre: Sentimental

Lyrics

(भेटिएर छुट्नुभन्दा, नभेटिएकै जाति हुन्थ्यो
हामी बिचको सम्बन्ध यो, आझै कति माथि हुन्थ्यो)—२

(कति मिठा कति नमिठा, बातभित्र भुल्यौ हामी
सपनको एकादेशमा, कति कति डुल्यौ हामी)—२
देखेर सपना टुट्नुभन्दा, नदेखिएकै जाति हुन्थ्यो
हामी बिचको सम्बन्ध यो, आझै कति माथि हुन्थ्यो

(घाम डुब्दा छायाँ पनि, आफ्नै साथमा हुन्न रै छ
लेखान्त नै राई छ जीवन्, आफ्नै हातमा हुन्न रै छ)—२
लेखेर भाग्य मेट्नुभन्दा, नलेखेकै जाति हुन्थ्यो
हामी बिचको सम्बन्ध यो, आझै कति माथि हुन्थ्यो
भेटीएर छुट्नुभन्दा, नभेटिएकै जाती हुन्थ्यो
हामी बिचको सम्बन्ध यो, आझै कति माथि हुन्थ्यो
(हामी बिचको सम्बन्ध यो, आझै कति माथि हुन्थ्यो)—२

Advertisements