Man Manai – Karna Das

Artist/Singer: Karna Das (कर्ण दाश)
Genre: Pop

Lyrics

(मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु )२
अचम्म यो ढोकामा कोहि आईसकेछ
लुकीलुकी नानीहरुले चिहाई सकेछ
मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु…

आँखाको त्यो नजरले कसैले बोलाई दिएछ
ओठका लालीहरुले केहि भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरुमा तिम्रै रूप नै रोजेछ
मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु…

म सपनीमा पनि हो बर्बराउने
तिम्रै यो सम्झनामा
म होसमा पनि बेहोशी हुने
तिम्रै त्यो ममतामा
(कहानीहरुमा नयाँपन दिन्छु

जून हौ भनि म तिमीलाई भन्छु )२
अन्जान मायालु बन्न चाहन्न
नाम झै कल्पनामा डुब्न चाहन्न
(मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु )२
आँखाको त्यो नजरले कसैले बोलाई दिएछ
ओठका लालीहरुले केहि भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरुमा तिम्रै रूप नै रोजेछ
मन मनै मनपराई सकेछु
(थाहै छैन मनैमा लुकाई सकेछु…)2

Advertisements