Ke Socheko Thiye – Pramod Kharel

बाँचेको थिए तिम्रै लागि २
तिमीले जिन्दगी डुबाइदियौ २
के सोचेको थिए तिमीलाई २
के दिएर गयौ

जिन्दगीका हरेक पलमा
तिम्रै माया पाँउ भन्थे
मृत्यु हुँदा तिम्रै काखमा
अन्तिम सास फेरु भन्थे
मेरो चोखो मायालाई २
निठुर भै कुल्चिएर तिमी हिड्यौ
के सोचेको थिए तिमीलाई २
के दिएर गयौ

तिमी हाँस्दै अन्तै लाग्यौ
छाति भित्र आगो बल्यो २
हर क्षण तिम्रै यादले
पिडा बल्झि मुटु पोल्यो
जति माया दिए पनि २
आखिरमा तिमी पराइ भयौ
के सोचेको थिए तिमीलाई २
के दिएर गयौ

Advertisements