Daiba Pani Hasi – Pramod Kharel

दैब पनि हाँसी रह्यो
मैले आँशु झार्दा खेरी
(तिम्रै जीतको चर्चा छ रे
आज मैले हार्दा खेरी )२
(दैब पनि हाँसि रहयो
मैले आँशु झार्दा खेरी )२
(तिम्रै जीतको चर्चा छ रे
आज मैले हार्दा खेरी )२

(बिश्वासको घर ढालि गयौ
त्यस्मै आगो बाली गयौ )३
मेरो मनको बस्तिबाट
तिमीले बसाई सार्दा खेरी
दैब पनि हाँसि रहयो
मैले आँशु झार्दा खेरी
(तिम्रै जीतको चर्चा छ रे
आज मैले हार्दा खेरी )२

(मनको बत्ति मधुरो भो
सारा सपना अधुरो भो)३
जिन्दगीको दोबाटोमा
मलाई एक्लै पार्दा खेरी
दैब पनि हाँसी रह्यो
मैले आँशु झार्दा खेरी
(तिम्रै जीतको चर्चा छ रे
आज मैले हार्दा खेरी )२

(किनारामै रोइ बसें
आँशुले मन धोई बसें )३
तिम्रो दिलको डुंगाबाट
अरुलाई नै तार्दाखेरी
दैब पनि हाँसी रहयो
मैले आँशु झार्दा खेरी
(तिम्रै जीतको चर्चा छ रे
आज मैले हार्दा खेरी )२

Advertisements