Timilai Chokho Maya – Pramod Kharel

The Lyrics

(तिम्लाई चोखो माया गरि ठुलै भुल गरेँ मैले)२
(धोखा दिई गयौ तिमी….
धोखा दिई गयौ तिमी पछुताउँदैछु म अहिले )२
पछुताउँदैछु म अहिले…
तिम्लाई चोखो माया गरि ठुलै भुल गरेँ मैले…

(वाचा कसम किन खायौ सङ्गै जिउँछु मर्छु भनि)२
तिम्रो साथ पाएँ भने जङ्घार पनि तर्छु भनि
जङ्घार पनि तर्छु भनि…
आखिर मलाई एक्लो पारि अरुलाई छानी गयौ
आत्मै देखि तिम्लाई ….
आत्मै देखि तिम्लाई चाहे मुटुमा बाण हानि गयौ
मुटुमा बाण हानि गयौ…
तिम्लाई चोखो माया गरि ठुलै भुल गरेँ मैले…

(तिम्रा लागि आफ्ना रहर कति मारे कति मारे)२
तिम्लाई मात्र सम्झिएर ब्यर्थै जीवन बरबाद पारे
ब्यर्थै जीवन बरबाद परे…
पल-पलमा मै रुने छु जुनि भर हाँस्नु तिमी
मेरो उमेर लागोस तिम्लाई…
मेरो उमेर लागोस तिम्लाई खुशी सङ्ग बाँच्नु तिमी
खुशी सङ्ग बाँच्नु तिमी…
तिम्लाई चोखो माया गरी ठुलै भुल गरेँ मैले…

Advertisements