Ekai Aakash Muni – Sabin Rai

एकै आकाश मुनि जन्मिएका हौं हामी एक-अर्कामा इर्श्या गर्ने किन
एउटै रगत हुन्छ हाम्रो सबैको फेरी भेदभाव गर्ने किन
मर्नु छ एकदिन जन्मेर जन्मनुको अर्थ बुझौं हामी
माया गर आफूलाई त्यस्तै गर अरुलाई
तिमी सर सम्झ सबैलाई तिम्रो जस्तो मुटु हुन्छ सबैको
तिमी रोए जस्तै आँशु झर्छ हुन सक्छ तिमी पराई हौ
तर पनि तिमी मान्छे हौ…
आफू बाँचौं र अरुलाई बाँच्न देऊ
हातमा हात समाई अघि बढौं
एउटै परिवार सम्झी हामी बसौँ
एक-अर्कामा फुटि कमजोर नहोऊँ
मान्छे बनौं…

रुन्छ तिमीलाई सम्झी पर्खेर आमा
फर्केर आउँछन् भनि जागिर गाको छोरा
आफू बाचौं र अरुलाई बाँच्न देऊ
हातमा हात समाई अघि बढौं
एउटै परिवार सम्झी हामी बसौँ
एक-अर्कामा फुटि कमजोर नहोऊँ
मान्छे बनौं…

Advertisements