Timi Bina – Sabin Rai

कोमल त्यो तिम्रो बदनमा ढल्न मन लाग्यो
एकछिनलाई सारा भुलेर हराउन मलाई ईच्छा जाग्यो
केहि कदम भए पनि हिंड्न मन लाग्यो
तिमीसँगै गहिराइमा डुबी हेर्न ईच्छा जाग्यो

तिम्रो आगमनले मेरो जीवनमा बेगलाई असर छाड्यो
हेर मेरो आँखामा स्पस्ट देख्नेछौ
तिम्रो नाम

सुनिदिने दैब पनि बहिरो छैन होला
कसम छ मेरो तिमीलाई,साथ कहिले छोड्ने छुइन
मलाई हसाउ या रुवाउ फरक पर्ने छैन
चालिसकेको यो कदम बाचुन्जेललाई हट्ने छैन

तिम्रो मायामा डुबेको छु यती सार्हो कि
एक्छिन नदेख्दा सारा बिरानो लाग्छ
परिचित ठाउँ पनि तिमी बिना

(सुख होस य दुख तिम्रो साथमा हुनेछु
जहिले तिमीलाई मेरो साहारा चाहिन्छ
तिमीलाई जस्तै अरुलाई म माया गर्न सक्दिन
मेरो यही हो अन्तिम शब्द) २

तिम्रो मायामा डुबेको छु यती सार्हो कि
एकछिन नदेख्दा सारा बिरानो लाग्छ
परिचित ठाउँ पनि तिमी बिना

Advertisements