Timro Tyo Boli – Durga Kharel

[(तिम्रो त्यो बोली मेरो मनैमा बसेको थाहै भएन )२
भएँ चंचले सधैं मायाले कसैको चालै पाईन ]२
तिम्रो त्यो बोली मेरो मनैमा बसेको थाहै भएन
भएँ चंचले सधैं मायाले तड्पेको चालै पाएन…

छाडी नजाऊ एक्लै अब त कस अंगालोमा
तिमी सिबाय छैन साहरा मेरो जीवनमा
जानी नजानी तिम्रै हाँसोमा फसेको ख्यालै भएन
@ npsongs.com
मानी नमानी तिम्रै पासोमा परेको थाहै भएन
तिम्रो त्यो बोली मेरो मनैमा बसेको थाहै भएन…

तिम्रै काखमा मर्ने बाँच्ने कसम दिदैंछु बुझ
मेरो खाली सिउँदोमा तिम्रै सिन्दुर भर्दैछु बुझ
तिम्रो माया मेरो मुटुमा बसेको हेक्कै भएन
मेरै निम्ति तिम्रो नाउ नै रचेको चालै पाईन
तिम्रो त्यो बोली मेरो मनैमा बसेको थाहै भएन
भए चंचले सधै मायाले कसेको चालै पाईन…
तिम्रो त्यो बोली मेरो मनैमा बसेको थाहै भएन…

Advertisements