Samjhiyara Runu – Deepesh Kishwor Bhattarai

(सम्झिएर रुनु बाहेक)२
गर्न नै के सकेँ र मैले
(बाँच्ने इच्छा नहुँदा पनि )२
मर्न नै कहाँ सकेँ र मैले
सम्झिएर रुनु बाहेक …

(एक मुठ्ठि सास रहुन्जेल
मारेको थिइन आश
त्यहि सास पनि छिनेर
पार्‍यो दैबले निराश)२
त्यहि सास पनि छिनेर
पार्‍यो दैबले निराश
(आफुले आफैलाई धिकार्नु बाहेक)२
गर्न नै के सकेँ र मैले
(बाँच्ने इच्छा नहुँदा पनि)२
मर्न नै कहाँ सकेँ र मैले
सम्झिएर रुनु बाहेक…

(आँशु छल्कियो आँखाबाट
रोकेर रोक्न सकिन )२
तिमी छौ स्मृतीमा
तिमी सङ्गै जान सकिन
(छाती पिटी रुनु बाहेक )२
गर्न नै के सकेँ र मैले
(बाँच्ने इच्छा नहुँदा पनि )२
मर्न नै कहाँ सकेँ र मैले
सम्झिएर रुनु बाहेक…..

Advertisements