Maya Timi – Dr. Pilot Band

(माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा)—२
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी

याद आउँछ तिमी हामी लेक बेसी डुलेको —२
हँसिया नाम्लो डोको बोकी मेला पात धाएको —२
अन्जुलीमा थापी पानी पँधेरीमा पिएको —२
ऐंसेलुको दाना टिप्दै रनबन घुमेको —२
माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी

अधुरै छ बाचा हाम्रो दाउन्नेमा भाकेको —२
अपुरै छ बन्धन हाम्रो बिरहले बाँधेको —२
उराठ लाग्छ आज मलाई सल्ला धुपि सुसाउँदा —२
कल्पि कल्पि न्याउलीले तिमीलाई बोलाउँदा —२
(माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा)—२
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी

Advertisements