Kehi Kadam – Jaljala Pariyar 

[केहि कदम तिमी संगै, हिड्ने मन छ।

नजिकबाट तिमीलाई, चिन्ने मन छ।]…२ 
[केहि दुखहरु, तिम्रो सुनु।

केहि खुशीहरु, मेरो बांडू।]…२

तिम्रा सारा आँसुहरु, लिने मन छ।

नजिकबाट तिमीलाई, चिन्ने मन छ।

केहि कदम तिमी संगै, हिड्ने मन छ।

नजिकबाट तिमीलाई, चिन्ने मन छ।
[केहि सपनाहरु, तिमी संग देंखे।

केहि बिपनाहरु, तिमी मै भेंटे।]…२

[बाचुन्जेल तिमीलाई नै, हेर्ने मन छ।

अन्तिम सास तिम्रै काखमा, फेर्ने मन छ।]…२

Advertisements