Kunai Batoma – Itu Jojiju, Bhakta Jojiju

[कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै।
आकाश त एउटै देख्छु…२,तर धर्ती किन बेग्लाबेग्लै…२।]…२
तिमी नदि भई बग्छौ, म पहाड भै छेकिन्छु।…२

तिमी पहाड हुदाँ, म मैदानमै रोकिन्छु।

अस्ताई रहेछ घाम जुन।…२

तर साँझ बिहान एक्लै एक्लै।
पत्थरको चोट भन्दा,नमिठो एक्लोपन छ।…२

साथी छुटेर यात्रा, दुखिरहेको मन छ।…२

कहाँ थियो म जानु।…२

तर फर्कि कहाँ म एक्लै।
कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै।

आकाश त एउटै देख्छु।…२

तर धर्ती किन बेग्लाबेग्लै।

Advertisements