Ek Palta Bhaneko Bhaye – Indira Joshi

एक पल्ट भनेको भए, मै छाडीदिन्थे तिमीलाई।
जबर्जस्तीको माया होइन, साच्चै चाहान्थे तिमीलाई।

मनमा चोर अझै छ तिम्रो, धेरै कुरा राख्यौ लुकाई।

एक न एक दिन त सबै, थाहा हुनुथियो मलाई।

केही नभनी अचानक, कहाँ गएऊ हराई।
किन मनै किन, भन म नै किन।

मलाई मात्रै होकि, यस्तै गरेऊ अरुलाई।…२

तिम्रो त धेरै आए गए, मेरो त केवल तिमी नै।
बाटोमा आउँदा जाँदा कतै, भेट त हुन्छ होला पक्कै…२

के कुरा गर्न सक्छौ तिमी, आँखा मा आँखा जुदाई।
बाँच्नलाई धेरै गार्हो हुन्छ, अरुको चित्त दुखाई। 

Advertisements