Eh Kancha Thattai Ma – Tara Devi 

[F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।
M: जादैन वाचा खेर, पर्ख लिन आउला।]…२  

F: ए कान्छा।
[F: मिर्मिरे उषामा, औठी साट्न आउनु।

F: सिरमा रेशमी फेटा बाँधी आउनु।] … २

M: अमुल्य हीरालाई, फुलैफुलको डोली।

M: बाजालाई अघि लाई, बैशाखैमा आउला।

F: ए कान्छा।
[M: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।

M: सुनको चुराले, नाडी सजाई दिउला।] … २

F: सितारा जडेको, घुम्टो म ओढी।

F: सुस्तरी,लाजले निहुरी म आउला।
F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।

M: जादैन वाचा खेर, पर्ख लिन आउला।

F: ए कान्छा।