Aau Na Aau – Tara Devi 

आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला…२।
आए पनि म हेरी रहुँला, गए पनि हेरी रहुँला…२।
[कहिलेकाहिं दृष्टि पनि, म्वाई भन्दा मिठो हुन्छ।

कहिलेकाहिं छायाँ पनि, माया भन्दा न्यानो हुन्छ।]…२

तिम्रो बाटो छेक्दिन म, देख्नै मात्र पाए पुग्छ।

आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।

आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला…२।
[बसन्तमा सबै फूल, फुल्नै पर्छ भन्ने छैन। 

जिन्दगीमा सबले बाजी, जित्नै पर्छ भन्ने छैन।]…२

तिम्रो चित्त खोस्दिन म, हातै मात्र पाए पुग्छ।

आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।

आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला…३।

Advertisements