Sabaile Bhanthe – Aruna Lama

सबैले भन्थे मायालु फुल भई आँखामा फुल्छु
कर्मैले हजुर आँशुमा म फुले …2

म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु

कुन मनले हजुर गितमा म भुँले …2
सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै छ रगत

पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत

देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु

कुन दिनले हजुर उड्न नै म भुलेँ ….2
न घर मेरो न वन मेरो यहि मनले म एक्लो

मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो

लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु

दिनले हजुर खोला मै म सुके ….2

Advertisements