Karod Mutu Haruko – Various Artists 

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२
न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।
चौतारी मेला, रोधी र भैलो, नेपाली कण्ठले।

रमाइलो पार्दै, यो फुलबारी, छत्तिसै बर्णले।

मेचीको लहर, उर्लदो माया, पूर्वमा ल्याउँछ।

कालीको छाल संगै सुसेली, पस्छिममा गाउँछ।

दुई कोटी नजरहरुको एउटै, नानी यो नेपाल।…२

न सगरमाथा, न धौलागिरी, न भए नेपाल। 

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।
यहि लेक माथी गुराँस भुल्दा, देउराली बन्दछ।…२

लाखौको आशा, श्रम र शिप, बेशीमा फल्दछ।

यो देश हुन्छ, धर्तीमा एउटा, नेपाली भईन्जेल।

यो जाती हुन्छ, चन्द्र र सुर्य, संसारमा रहिन्जेल। 

सीताको माईती, वीर भुमी, बुद्धको नेपाल।…२

न फेवा रारा, न यती डाँफे, न भए नेपाल।
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२

न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल…३।

Advertisements