Barilai Kanlo – Nhyoo Bajracharya 

बारीलाई कान्लो चाहिएको छ।

 खेतलाई आली चाहिएको छ। 
मेरो देशको सिमानामा भने पर्खाल हैन। 

नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ। 
बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो ।

गार्‍हो पर्दा काम लाग्ने त्यहि त थियो।…२

खेतको आली, मिचियो केहि बोलिन। त्यो गाउँले थियो।

मर्दा पर्दा काम लाग्ने, त्यहि त थियो।…२

यसपाली त अचम्मै भो, देशै मिचियो। 

देशै मिचियो मेरो, देशै मिचियो।…२
इतिहासको कथा भित्र, यो नेपाली ब्यथाको भित्र।…२

न मर्दा काम लागेको छ, न पर्दा काम लागेको छ। 

मेरो देशको छातीमा कुल्चिने सामु।…२, अहिले त मलाई।…४

मेरो खिया लागेको खुकुरी, उद्याउने रहर जागेको छ,जागेको छ।

नभन्नु मेरो रगत उम्लियो, जहाँ कुल्च्यो उसले अहिले,

मेरो देशको हो त्यो…३। 

Advertisements